मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने ट्रम्पको तयारी, मेक्सिन राष्ट्रपतिद्वारा अमेरिका भ्रमण रद्द

मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने ट्रम्पको तयारी, मेक्सिन राष्ट्रपतिद्वारा अमेरिका भ्रमण रद्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ माघ २०७३
  • 8.2K
    Shares

एजेन्सी, १४ माघ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने बताएका छन्  ।

ह्वाइट हाउसका प्रवक्ताले कर बापत उठेको राजश्वबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने बताएको विविसीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोको अमेरिका भ्रमण रद्द भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानको कर तिर्नु पर्ने बताए । ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालको खर्च मेक्सिकोले पनि व्यहार्नु पर्ने बताएपछि मेक्सिकोका राष्ट्रपतिले अमेरिकाको भ्रमण रद्द गरेका छन् ।

मेक्सिकोबाट आयात गरिने सामानमा २० प्रतिशत कर लगाउने र यसले वर्षमा झण्डै दश अर्ब डलर राजश्व उठ्ने ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया