के एमसीसी संसदबाट पारित होला ? यस्तो छ संसद्को अंकगणित

के एमसीसी संसदबाट पारित होला ? यस्तो छ संसद्को अंकगणित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० फाल्गुन २०७८
  • 3.2K
    Shares

संसदमा एमालेको अवरोध

संसदको सबभन्दा ठूलो दल एमालेका ९८ सांसद छन् । तर माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदहरुले २३ भदौदेखि नाराबाजी गर्दै आएका छन् । संसद बैठकको नियमित प्रक्रियामा भाग लिएका छैनन् ।

६१ सांसद भएको कांग्रेस र १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसीको पक्षमा छ । ४९ सांसद भएको माओवादी केन्द्र, १/१ सासद भएको नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा विपक्षमा छ ।

२४ सांसद भएको एकीकृत समाजवादी र १९ सांसद भएको जनता समाजवादी पार्टीले निर्णय गरेको छैन । एकीकृत समाजवादीको सोमबार बोलाइएको सचिवालय बैठक बस्न सकेन भने जसपाले १३ फागुनको कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पनि एमसीसी अनुमोदनको पक्षमा देखिन्छ ।

बालुवाटार निकट स्रोतका अनुसार अहिलेसम्म एमसीसीको पक्षमा ८२ मत देखिएको छ । कांग्रेसको ६१ सांसद भएपनि प्रदीप गिरी र कर्मा घले उपचारका लागि देश बाहिर छन् । लोसपाका १३ र जसपाको भट्टराई पक्षका १० सांसदले मत जोड्दा पनि एमसीसीको पक्षमा जम्मा ८२ मत पुग्छ ।

एमसीसीको विपक्षमा माओवादीका ४९ र साना दलका ३, नेकपा एमालेका भीम रावल गरी ५३ मत छ । यदि एकीकृत समाजवादीका २४ र जसपाको ९ (पक्षमा गएका बाहेक) सांसद जोड्ने हो भने एमसीसीको विपक्षमा ८६ मत हुन्छ ।

अर्थात एमसीसी संसदमा टेबल भयो, पास फेलको निर्णय निकै झिनो मतले हुनसक्छ । त्यसलाई बुझेका सत्तारुढ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘एमसीसी के हुन्छ भन्ने धेरै हदसम्म एकीकृत समाजवादीको निर्णयमा भर पर्छ ।’

प्रतिक्रिया