अँगालोमा बाँधिएर युवक-युवतीले गरे सँगै आत्महत्या

अँगालोमा बाँधिएर युवक-युवतीले गरे सँगै आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ माघ २०७३
  • 8.6K
    Shares

बिर्तामोड, ८ माघ ।

झापाको कनकाई नगरपालिका ६ निवासी एक युवक र एक युवतीले सँगै आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अस्मिता तोलामी (सार्की) र ईश्वर भट्टराई रहेका छन् ।

कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला नजिकै २३ बर्षीया तोलामी र उनकै छिमेकी २५ बर्षीय भट्टराइले सिसौको रुखमा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरी आत्महत्या गरेका छन् ।

आत्महत्या गरेका उनीहरु अँगालोमा बाँधिएर झुन्डिएको अवस्थामा भेटिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

युवतीको भने माघ २४ गते विवाह हुने निश्चित भएको थियो । भट्टराई भने ट्रयाक्टर चालकको काम गर्दै आएका थिए ।

प्रतिक्रिया