ज्ञानोदय निमाविका लागि ५० लाखभन्दा बढी सहयोग

ज्ञानोदय निमाविका लागि ५० लाखभन्दा बढी सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ माघ २०७३
  • 12.5K
    Shares

गुल्मी, ४ माघ ।

गुल्मीको ज्ञानोदय निम्न माध्यमिक विद्यालयलका लागि ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ।

जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५० लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेषगरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयका रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले आउँदो फागुन १४ देखि १६ गतेसम्म स्वर्ण महोत्सव सञ्चालन गर्न लागिरहेको छ ।

यतिबेला विद्यालयले विभिन्न स्थानमा आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया