पोर्चुगल प्रजातन्त्रका पिता मारियोको निधन

पोर्चुगल प्रजातन्त्रका पिता मारियोको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ पुष २०७३
  • 7.2K
    Shares

एजेन्सी, २४ पुस ।

पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ ।

पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गरेका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए । उनी सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बने ।

उनलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उनी कोमामा गएका र कोमामै रहेका बेला उनको निधन भएको अस्पतालले जनाएको छ ।

उनको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उनले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेलेका थिए । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।

प्रतिक्रिया