सिरियाको एक शहरमा कार बम विस्फोट, ४३ जनाको मृत्यु

सिरियाको एक शहरमा कार बम विस्फोट, ४३ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ पुष २०७३
  • 7.2K
    Shares

एजेन्सी, २४ पुस ।

सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको ज्यान गएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो ।

अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारेको छ ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएका छैनन् । अजाजमा टर्कीको साथ पाएको फ्रि सिरियन आर्मीको नियन्त्रण छ । आइएसले पनि यहाँ नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया