मेलम्चीको पानीले सुन्दरीजलमा बिजुली निकाल्ने

मेलम्चीको पानीले सुन्दरीजलमा बिजुली निकाल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ पुष २०७३
  • 8.4K
    Shares

काठमाडौं, २३ पुस ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिने त सबैलाई थाहा भएकै कुरा हो । तर मेलम्चीको पानीबाट सुन्दरीजलमा दई सय किलोवाट बिजुली पनि निकाल्ने भएको छ ।

मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गर्ने सुरुकै डिजाइन अनुसार काम भइरहेको मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताए ।

उहाँका अनुसार दुई सय किलोवाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधारको काम मेलम्चीको सुरुङ निर्माण सँगै सकिनेछ ।

मेलम्चीको पानी सुन्दरीजल आउने दिनदेखि नै बिजुली पनि बाल्ने गरि काम भइरहेको छ । उत्पादित बिजुली मेलम्ची खानेपानीको लागि आवश्यक उपकरण सञ्चालन गर्न प्रयोग हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार