एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍यायो – उपेन्द्र यादव

एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍यायो – उपेन्द्र यादव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ पुष २०७३
  • 8.2K
    Shares

विराटनगर, २२ पुष ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् ।

शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।

‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने ।

उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताए ।

नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोहोर्‍याएका छन् ।

प्रतिक्रिया