लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ चैत्र २०७२
  • 10K
    Shares

राहत सामाग्री पुर्‍याएर फर्कने क्रममा फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ । स्वीडेनका निकोलस पाइलट रहेको हेलिकोप्टर धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको थियो । सामाग्री छाडेर उड्ने क्रममा अपराहृन ३ः३० मा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

रोटरमा समस्यामा आएपछि हेलिकोप्टर पल्टिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।

fishtail-air-Crash-2

 

हेलिकोप्टरमा पाइलट निकोलस मात्र थिए । उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर गएको छ । अपरेशन डाइरेक्टर आशिष शेरचनको नेतृत्वमा चार जना गएका हुन् ।

प्रतिक्रिया