सर्वोच्चकोआदेशले दलहरुलाई सहमतिका लागि प्रेरित गर्यो – प्रचण्ड

सर्वोच्चकोआदेशले दलहरुलाई सहमतिका लागि प्रेरित गर्यो – प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० पुष २०७३
  • 7.9K
    Shares

 काठमाडौं, २० पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चकोआदेशले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् ।

बुधबार रिपोटर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वोच्चको आदेशले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ । मैले सहमतिका लागि कोशिस गरिरहेको छु ।’ उनले अघि भने, प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिट्टै राजनीतिक सहमति जुट्छ ।’

संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले भने, ‘देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ । म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु,जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’

सरकार राजनीतिक मुद्धाका साथै विकासका काममा केन्द्रित भएको भन्दै उनले ‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्धा ओझेलमा परेको बताए ।

प्रतिक्रिया