आवश्यक परे २५ हजार महिला बलिदानी दिन तयार छन – नेतृ भृकुटी

आवश्यक परे २५ हजार महिला बलिदानी दिन तयार छन – नेतृ भृकुटी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ पुष २०७३
  • 8.8K
    Shares

काठमाडौँ, १९ पुस ।

नेकपा (माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले वीरता दिवस मनाएको छ ।

वि.स. २०५३ साल पुस १९ गते रामेछापको बेथान गाउँ विकास समितिको प्रहरी चौकिमा तात्कालीन राज्य सत्तालाई धक्का दिन नेकपा (माओवादी) ले तय गरेको योजना अनुरुप लड्दा लड्दै सहिद बनेकी दिलमाया बम्जनको त्याग र बलिदानी सम्झनामा क्रान्तिकारीले यो दिवस मनाउदै आएको छ ।

दिवसका अवसरमा अनेमसंघ (क्रान्तिकारी)ले राजधानीको सुन्धाराबाट र्याली निकालेको शान्तिवाटिका  पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमलार्इ सम्बाेधन गर्दै अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ले सहिद दिलमाया बम्जनले सिकाएको बाटोमा आफूहरु कठिबद्ध भएर अगाडी बढ्न तयार रहेको बताइन ।

उनले भनिन् – ‘जनयुद्धका क्रममा देश र जनताका लागि  २५ सय महिलाहरुले सहादत प्राप्त गरेका थिए,  अब आवश्यक परे २५ हजार महिला बलिदानी दिन तयार छन र हुनुपर्छ ।’

नेतृ भृकुटिले महिला मुक्तिका लागि सम्पुर्ण दिदीबहिनीहरुलाई आ – आफ्नो ठाउँबाट उठ्न र जागरुक हुन् अपिल समेत गरेकी छिन ।

प्रतिक्रिया