सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ पुष २०७३
  • 8.6K
    Shares

काठमाडौँ, १९ पुस ।

आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५२  हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजार ९ सयमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ६  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय  ६०  रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ३   सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५  हजार  १  सय ४०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

प्रतिक्रिया