मनीचेञ्जर सञ्चालक साहमाथि गोली प्रहार

मनीचेञ्जर सञ्चालक साहमाथि गोली प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ पुष २०७३
  • 8.6K
    Shares

मोरङ, १९ पुस ।

मोरङको विराटनगर२१ मा गएराति अज्ञात समूहले गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

राती साढे ८ बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो । 

गोली प्रहार गरेर समूहले साहको साथमा रहेको पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार