ब्यान्डविथ खरिद : एउटै कम्पनीसँग एनसेललेभन्दा टेलिकमले तीन गुणा बढी मुल्यमा खरीद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १३, बुधबार) ०७:५१

नेपाल टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एयरटेल लिमिटेडसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। यी दुई कम्पनीले एउटै कम्पनीबाट ब्यान्डविथ खरिद गरिरहेको भए पनि उनीहरूले मासिक तिर्ने मूल्यमा भने झन्डै एक सय ४२ प्रतिशतको फरक देखिन्छ।

तथ्यांकका आधारमा एनसेलले भारती एयरटेल लिमिटेडसँग मासिक ९.९० डलर प्रतिएमबीपीएसका दरले ब्यान्डविथ खरिद गरिरहेको छ। सोही कम्पनीलाई टेलिकमले भने मासिक २४ डलर प्रतिएमबीपीएस तिरिरहेको छ।

तथ्यांकअनुसार एनसेलले भारतीय एयरटेलबाट अहिले १४.२ जीबी ब्यान्डविथ खरिद गरिरहेको छ। टेलिकमले पनि सोही क्षमताको ब्यान्डविथ खरिद गरेको भए पनि मूल्यमा ठूलोअन्तर छ। यी दुई कम्पनीले विभिन्न कम्पनीबाट इन्टरनेट ब्यान्डविथ खरिद गरेका छन्। एनसेलले सबैभन्दा सस्तो ९.९० डलर प्रतिएमबीपीएस ब्यान्डविथ खरिद गर्दा एनटीसीको १७ डलर प्रतिएमबीपीएस छ। यो एनसेलले तिर्ने सबैभन्दा महँगो मूल्य बराबर हो।

एनसेलले भारतको टाटा कम्युनिकेसन लिमिटेडसँग ८ जीबी ब्यान्डविथ १९ डलरका दरले खरिद गरेको छ। टेलिकमले भने चीनको चाइना टेलिकमसँग २५ डलरका दरले ब्यान्डविथ खरिद गरिरहेको छ।

सार्वजनिक खरिद ऐन अर्थात् टेन्डरले नै यो अन्तरले मूल्यमा फरक देखिएको हो। सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा नै टेलिकम महँगोमा पर्न गएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य बताउँछिन्। उनका अनुसार सरकारी कम्पनी भएकाले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै पनि वस्तु र सेवा खरिद गर्न मिल्दैन। तर, निजी कम्पनीले बिना टेन्डर नै सम्झौताका भरमा मूल्य निर्धारण गर्न सक्छन्। ‘ @अन्नपुर्ण पोस्ट


(२०७५ भाद्र १३, बुधबार) ०७:५१ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro