पोखराम ८ बैशाख २०८३।
कास्की जिल्लाको मादी गाउपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मादी गाउपालिका वडा नमब्र – ७ स्थित हात्ती गौडामा सोमबार ग९प ८२०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर मादी गाउपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल पोखरामा बस्दै आएका श्रीधर अधिकारीको घटनास्थलमा मृत्यु भएको मादी ७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिएका छन।
वडाध्यक्ष गुरुङले उक्त दुर्घटनामा मृत्यु भएका अधिकारीको आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनहरुमा समवेदना पनि प्रकट गरेका छन् ।




