पोखरा , ६ बैशाख २०८३।
पोखराबाट बुटवल जाँदै गरेको एउटा यात्रीबहाक बस आज एकाबिहानै स्याङ्जामा दुर्घटनाग्रस्त भएको छ।
पोखराबाट बुटवल जाँदै गरेको ग १ ख ९५६३ नम्बरको यात्रुबाहक बस पुतलीबजार न. पा. ४ मा दुर्घटना ग्रस्त भएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा बस चालक ४५ वर्षीय राजु कुमार बि.सी., पर्वत फलेवास–८ की ५५ वर्षीया रत्न कुवँर र लमजुङ मर्स्याङ्दी–२ धानपोखराका ७ वर्षीय अनुप घिमिरे रहेका छन्। तीनै जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित २१ जना सवार रहेकोमा अन्य सबै यात्रु सकुशल रहेका छन्। उनीहरूलाई अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।