पोखरा , ११ बैशाख २०८३।
पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित लमजुङकी एक युवती पक्राउ परेकी छिन् ।
लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल पोखरा ११ फुलबारीमा डेरा गरी बस्दै आएकी २७ वर्षीया मन्दिरा मगर ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
ती युवतीको डेराकोठामा छापा मार्ने क्रममा ब्राउन सुगर १०२.३७ ग्राम र नौलाख रुपैयाँ नगद बरामदसहित अभियुक्त मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। साथै ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ । अदालतमा उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्न लगिएको पाण्डेले बताए ।