बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका वडा सदस्य ऐरीको  मृत्यु

बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका वडा सदस्य ऐरीको  मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 1.7K
    Shares

पोखरा , ११ बैशाख २०८३।

बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका एक जना वडा सदस्यको उपचारका क्रममा मृत्यु भएको छ।

आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दान बहादुर ऐरीको धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको हो।

बुधबार राति घरमा आफैँले भरेको बन्दुक चलाउने क्रममा पड्किन गइ छर्राले लागेर गम्भीर घाइते भएका ४५ वर्षीय वडा सदस्य ऐरीको उपचारका क्रममा धनगढीमा निधन भएको प्रहरीले जानकारी दिएको छ।

शुरुमा ग्यास सिलिण्डर पड्किएर ऐरी घाइते भएको बताइएकोमा प्रहरीले गरेको अनुसन्धान र सोधपुछका क्रममा भरुवा बन्दुक पड्किएर उनलाई गोली लागेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडुले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया