काठमाडौँको साँखुमा गोली हानेर तीन जना लागू औषध कारोबारी प्रहरी नियन्त्रणमा : एक जना घाइते  

 काठमाडौँको साँखुमा गोली हानेर तीन जना लागू औषध कारोबारी प्रहरी नियन्त्रणमा : एक जना घाइते  


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 2.4K
    Shares

पोखरा , ११ बैशाख २०८३।

 काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । 

लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए । 

ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो। प्रहरीको जवाफी कारबाहीमा परी हेटौंडा घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।

घाइते जिम्मालाई उपचारका लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको छ।  प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको छ।सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक चित्र

प्रतिक्रिया