तनहुँमा बस दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ३१ जना घाइते (हेर्नुस लाइभ भिडियो)

तनहुँमा बस दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ३१ जना घाइते (हेर्नुस लाइभ भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 2.6K
    Shares

पोखरा , ११ बैशाख २०८३।

तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित पृथ्वी राजमार्गमा शुक्रबार दिउसो सडकमै पल्टिएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने ३१ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा घटनास्थलमै मृत्यु भएका दुई महिला मध्ये तनहुँको म्याग्दे गाउँपालिका–१ की अन्दाजी ६५ वर्षीया जसमाया सुनारको पहिचान खुलेको छ भने अन्दाजी ३० वर्षको युवतीको पहिचान खुल्न बाँकी रहेको लाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते भएका २९ जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल लगिएको छ । त्यसमध्ये तीन जना उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताए।

दुर्घटनामा बस चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ बस्ने ३५ वर्षीय तेजकुमार शाही, कास्कीको पोखरा महानगरपालिका १४ बस्ने ६४ वर्षीय भरतकुमार श्रेष्ठ, गोरखाको बारपाक सुलीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय खड्कबहादुर भट्ट, रुपन्देहीका १५ वर्षीया कुसुम गुरुङ, पाल्पाको निस्दी गाउँपालिका ४ बस्ने २२ वर्षीया दिलमाया बयम्बु, तनहुँको शुक्लागण्डकी नगरपालिका ७ बस्ने २५ वर्षीया सुस्मिता थापा राना, नवपरासीका ३७ वर्षीया सविता थापा, चितवनको भरतपुर बस्ने ६० वर्षीया पार्वती अधिकारी, सोही ठाउँका १२ वर्षी अमिस कार्की, नवलपरासीका ५६ वर्षीया दुर्गादेवी थापा, ९ वर्षीया अनिशा कार्की घाइते भएका छन् ।

यस्तै तनहुँको म्याग्दे गाउँपालिका २ बस्ने ६१ वर्षीया मिराकुमारी श्रेष्ठ, बागलुङको काठेखोला गाउँपालिका ८ बस्ने ६४ वर्षीया द्रोपती रोका, पोखरा महानगरपालिका ३३ बस्ने २४ वर्षीय सुदीप कुंवर, तनहुँको व्यास नगरपालिका बस्ने ३६ वर्षीया अस्मिता सुनार, १३ वर्षीया प्रेरणा सुनार, व्यास नगरपालिका ५ बस्ने ३० वर्षीय सुकबहादुर भुजेल, ५८ वर्षीया ताराबहादुर नेपाली, नवलपुरको गैडाकोट १३ बस्ने ५१ वर्षीया तुलाराम पौडेल, दैलेखका ३७ वर्षीय हर्कबहादुर शाही, रुपन्देहीका ६४ वर्षीय प्रेमकुमारी गुरुङ, सोही ठाउँका ५५ वर्षीया गङ्गादेवी थापा, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ४६ वर्षीया शान्ति सुनार, सोही ठाउँ बस्ने ४८ वर्षीय रामबहादुर सुनार, रुपन्देहीका ४५ वर्षीय रिमा थापा, तनहुँको व्यास नगरपालिका ३ बस्ने ३६ वर्षीय देव गजमेर, चितवनको भरतपुर महानगरपािलका ८ बस्ने १७ वर्षीय सुमन शाही, तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ६२ वर्षीय किसान सुनार, ठेगाना नखुलेकी ३३ वर्षीया भट्टी माया गुरुङ, ३० वर्षीय रामरुप मण्डल, रुपन्देहीका ५० वर्षीया विष्णु गुरुङ, २६ वर्षीय भूमिकुमार श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया