पोखरा , ६ बैशाख २०८३।
पोखरास्थित गण्डकी प्रदेश प्रहरी गणमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर रानाको निधन भएको छ ।
ड्युटीकै समयमा अचानक बिरामी परेका बरिष्ठ हवल्दार रानाको उपचारका क्रममा शनिबार निधन भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीमा कार्यरत रहँदा कर्मठ र अनुशासित रानाको निधनबाट संगठनले अपूरणीय क्षति ब्यहोरेको गणप्रमुख प्रहरी उपरीक्षक (एसपी) सुनिल मल्लले बताए ।
यसैगरी भक्तपुरस्थित प्रहरी वृत्त ठिमीमा कार्यरत बरिष्ठ सई दिलीप कुमार नाउको पनि नि*धन शनिबार निधन भएको वृत्त प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए ।