पोखराको लेकसाइडमा पर्यटकलाई दु:ख र हैरानी दिने १६ युवती पक्राउ

पोखराको लेकसाइडमा पर्यटकलाई दु:ख र हैरानी दिने १६ युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 4.8K
    Shares

पोखरा , ६ बैशाख २०८३।

पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ती महिलाहरूले विशेषगरी रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको जनगुनासो आएपछि कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिइएका १६ जना महिलामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया