काठमाण्डौंको विष्णुमति खोला किनारमा भेटियो, चारथान पेस्तोल र ५८ राउण्ड गोली

काठमाण्डौंको विष्णुमति खोला किनारमा भेटियो, चारथान पेस्तोल र ५८ राउण्ड गोली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 2.3K
    Shares

पोखरा , ६ बैशाख २०८३।

काठमाण्डौंको विष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली भेटिएको छ।

काठमाण्डौं महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमति खोला सफा गर्ने क्रममा उक्त परिमाणका हतियारहरु भेटिएको हो।

नदी सरसफ़ाइका क्रममा चार थान टाइप-५४ पेस्तोल र ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्डका साथै ७ थान म्यागजिन पनि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया