दुई-तिहाईको धक्कु लगाएको वर्तमान खड्ग प्रसाद ओली तथा पुष्पकमल दाहाल सरकार पंचायती ब्यबस्था भन्दा पनि तल रहेर प्रतिपक्ष र बिरोधीहरुबिरुद्ध दमनमा उत्रिन थालेको छ l निरङ्कुश पंचायती व्यवस्थाका शासकहरुले शैक्षिक क्षेत्रमा हस्तक्षेप नगर्ने नीति अनुरुप क्याम्पस तथा स्कुलहरुमा प्रहरीहरुलाई जुनसुकै बहाना र भेषमा प्रवेश गराउन्दैनथे l तर वाम भनिएको सरकारले पंचायती मान्यतालाई समेत कुल्चिएर क्याम्पस हाताभित्रै विद्यार्थीलाई सादा पोशाकमा गएर गिरफ्तार गर्न शुरु गरेको छ l
संगठनको कामका शिलशिलामा पृथ्वीनारायण क्याम्पस पुगेका अखिल क्रान्तिकारि कास्की जिल्ला सचीव आस्था नेपाली र सदस्य राजन साउदलाई पृथ्वीनारायण क्याम्पस भित्रै सादा पोशाकमा रहेका प्रहरीले आज दिउँसो १२ बजेदेखि घेराबन्दी गरेका छन !
उनीहरुलाई गिरफ्तार गर्न ठुलो संख्याको प्रहरी सहित प्रहरीभ्यान क्याम्पस गेट बाहिर रहे पनि सादा पोशाकमा रहेका महिला तथा पुरुष प्रहरीले आफुहरुलाई क्याम्पस परिसरभित्रै घेराबन्दी गरिरहेको बिद्यार्थी नेत्री आस्था नेपालीले जानकारी दिएकी छिन l
यस अघि अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति सम्मेलन आयोजक समिति सदस्य सागर काफ्लेलाई गिरफ्तार गरी शनिबारै रिहा गरेको थियो ।