विगत ६ महिनामा जिल्लाका नौ सहकारी संस्थामा चोरी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण २५, शुक्रबार) १२:५९

जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लाका  नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार रुपैँया बराबरको चोरी भएको छ । एउटा सहकारीबाट १० हजारदेखि ३५ लाखसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट रु ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट रु एक लाख १५ हजार रुपैँया चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट रु एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट रु तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट रु छ लाख ५३ हजार रुपैँया चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताएका छन् । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् । रासस


(२०७५ श्रावण २५, शुक्रबार) १२:५९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले.....

तारेखमा छुटाउन रकम ‘वार्गेनिङ्ग” गरेको आरोपमा सर्बोच्च अदालतका नासु खड्का पक्राउ

अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री.....

सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने नवनियुक्त प्रदेश प्रमुख शेरचनको प्रतिबद्धता

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा.....

Exchange Rate

Nepali Patro