सांसद निरु पालमाथि पेस्ताल ताकिएको भनिएको कुरा एक हप्ता वितिसक्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । उनले आफुमाथी पेस्तोल ताकिएको र आफ्नो मोबाइल लुटिएको बताकी थिइन । तर अनुसन्धानमा उनले आफ्नो लुटियो भनेको मोबाइलको नम्बर अनुसार लोकेशन उनको आफ्नै कोठातिर चलेको देखाएको छ ।
उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।
निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र उनीसँग रहेको आइफोन लुटिएको थियो ।