नेपाली सेनाका मेजर थापा गिरफ्तार, सैनिक हिरासतमा राखी अनुसन्धान शुरु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण २०, आईतवार) १७:३१

प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा शान्ति मिसनबाट भर्खरै फर्किएका सेनाका मेजर राजेश थापालाइ सेनाले पक्राउ गरी सैनिक प्रहरी हिरासतमा राखेको छ ।

नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको नयापेज डट कमले जनाएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करीब ४० लाख रुपैयाँभन्दा बढी उठाएको आरोप उनलाई लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

उनी यसअघि एमटी गणको सहायक गणपति हुँदा उनले पैसा उठाएको आरोप लागेको हो । सेनाले उक्त घटनाको छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ । सहायकरथी सीताराम खड्काको नेतृत्वमा बनेको समितिले घटनाको अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।

थापा भर्खरै मात्र शान्ति सेनाको मिसनबाट फर्किएका थिए ।


(२०७५ श्रावण २०, आईतवार) १७:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना