नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । सोमबार बिहान काठमाडौंबाट नगरपालिकाको कार्यालय जादै गरेका मेयर शेर्पालाई अरनिको राजमार्गको जुरे नजिकै आक्रमणको प्रयास भएको हो ।
बा १४ च १४०८ नम्बरको गाडीमा सवार शेर्पालाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका टोलीले आक्रमणको प्रयास गरेको शेर्पाले बताए । बाह्रविसे जादै थिए,पहिरोले बाटो अवरुद्ध भएपछि त्यही बसिरेहेको थिए एक्कासी आक्रमण गर्न आए शेर्पाले भने । काँग्रेसले आज देशव्यापी रुपमा गर्न लागेको सरकार विरोधी प्रर्दशनको लागि कांग्रेस कार्यकर्ताहरु सदरमुकाम चौतारा जाँदै थिए ।
मेयर शेर्पालाई देख्न साथ काँग्रेस कार्यकर्ताहरुले मेयर शेर्पा विरुद्ध नाराबाजी गर्दै आक्रमणको लागि आएको शेर्पाका चालक सुनिल तरानामगरले जानकारी दिए । ठुलो संख्यामा काँग्रेस कार्यकर्ताहरु आक्रमणमा आएपछि सडक अवरुद्धका कारण त्यही रहेका गाडीका यात्रीहरुले आक्रमण गर्न नदिएको चालक मगरले बताए ।
आक्रमण सम्भव नभएपछि तलाई यही खोलामा मारेर फालिदिन्छु भन्दै धम्की दिएर बस्नेत लगायतका टोलीहरु फर्कैका थिए । स्थानीय तह निर्वाचनमा बस्नेत काँग्रेसबाट मेयरको प्रत्यासी थिए ।
आफुमाथि आक्रमणको प्रयास भएपछि शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा जानकारी गराएको शेर्पाले बताए । यसैबिच जनप्रतिनिधि माथी कार्यक्षेत्रमा जाँदै गर्दा आक्रमणको प्रयास हुनु निन्दनीय भएको नेकपाका स्थानीय कमिटी सदस्य एवम सासदं अग्नि सापकोटाले बताए ।