सराङकोट बहुउद्देश्यीय सहकारीको बहुउद्देश्यीय भवन शिलान्यास

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण १५, मंगलवार) ०४:४१

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय कार्यको लागि निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको छ । निर्माण हुन् लागेको बहुउद्देश्यिता भवनको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य, उपसचिव बद्रीनाथ अधिकारीले सोमबार शिलान्यास गरे ।

सो अवसरमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य, उपसचिव बद्रीनाथ अधिकारीले सहकारीको विकासमा सदस्यहरुको एकतासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्ने बताए । सहकारी ऐन नियमलाई आम सहकारीले पूर्ण कार्यान्ववयन गर्न सके सहकारीमा समस्या नआउने बताए ।
पोखरा महानगरपालिकाको वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले सहकारीले आर्थिक सामाजिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । भवन निर्माण समितिका संयोजक अर्जुन बहादुर बस्नेतले निर्माण सम्पन्न पश्चात आम समुदायमुखी कार्यक्रम गर्न सहज हुने बताए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केदार उप्रेती, शिक्षाविद् दामोदर पराजुली, संगम मार्ग विकास समितिका अध्यक्ष ढाकामोहन लामिछाने, संगममार्ग महिला समितिका अध्यक्ष लक्ष्मी बास्तोला, उपाध्यक्ष बसन्त बहादुर बानिया, रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल, पण्डित सोमनाथ सुवेदी, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष गणेश बहादुर अधिकारी, जाल्पादेवी महिला उद्दार समितिका उपाध्यक्ष राधिका थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

करीब एक करोड लागतमा आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको सो बहुउद्देश्यीय सहकारीको भवनमा व्यवसायिक प्रयोजन, कार्यालय संचालन र बहुउद्देश्यीय प्रयोजनका कार्य हुने समितिका सदस्य रामचन्द्र थापाले जानकारी दिए ।

सराङकोट बहुउद्देश्यीय सहकारीको ४ करोड ३० लाख शेयरपुँजी रहेकोना  संस्थाले २४ करोड ऋण लगानी गरेको छ । स्थापनासँगै संस्थाले सामाजिक उत्तरदायित्वमूलक कार्यहरु गर्दै आएको सहकारीले गएको वर्ष राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट सहकारी सम्मान र सहकारी डिभिजन कार्यालयबाट उत्कृष्ट सचिव सम्मान पाएको थियो ।

सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापाका  अनुसार, सो सहकारीले ८ वर्ष देखि रेडियो सराङकोट संचालन गर्दै आर्को छ भने  विगत ६ वर्षदेखि बचत तथा ऋणको कारोवार मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले ३ वर्ष न्यूरोड संगम मार्गमा घर सहितको जग्गा खरिद गरी रेडियो संचालनमा रहँदै आएकोमा पूर्ण रुपमा सम्पूर्ण कार्य संचालनका लागि थप भवन निर्माण गरिन लागिएको अध्यक्ष प्रेम बहादुर जिसीले बताए ।

 


(२०७५ श्रावण १५, मंगलवार) ०४:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro