अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । बिमल घर्तीमगर, बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगरलाई एन्फाले कारबाही प्रक्रिया अघि अघि बढाएको छ ।
एन्फाले उनीहरुलाई अनुशासन विपरित गतिविधि गरेको आरोपमा लगाउंदै सोमबार स्पष्टिकरण सोधेको छ । एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका उनीहरु गत शनिवार डिस्कोमा गएर मदिरा सेवन गरी होहल्ला गरेका थिए ।
सोमबार बसेको एन्फाको अनुशासन कमिटिको बैठकले स्पष्टिकरण सोध्ने निर्णय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।