युवती बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ

युवती बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ साउन २०७५
  • 26.2K
    Shares

राजधानीको कलंकीमा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा रहेका सशस्त्र प्रहरी जवानहरुमा रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं रहेका छन् l

सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत उनीहरुमध्ये पोखरेल पिडीत्त युवतीको प्रेमी रहेको प्रहरीको भनाइ छ l

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले अजानकारी दिए  ।

विछोडको एक वर्षपछि भेटिएका सशस्त्र प्रहरी जवान पोखरेलले आफ्नी प्रेमिकालाई बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा बोलाएका थिए । उनीहरुले खानपिन गरे । आफुले होटल संचालन गरेको भनेर ढांटेका पोखरेलले दुई वटा कोठासमेत बुक गरेका थिए । त्यही होटलमा इच्छा बिपरित उनलाई मादक पदार्थ ख्र्वाएर बेहोश बनाई उन्व्व्हरुले पालैपालो बलात्कार गरेका थिए l

पीडित युवतीका अनुसार राति ४ बजेतिर होशमा आउँदा प्रेमीका साथि संगै आफ्नी बिस्तारामा देखेपछी प्रहरीलेआइ फोन गर्न खोज्दा प्रेमीले मोबाइल फुटाइदिएका थिए  ।

विहान उनीहरुसँग छुटि्टएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया