नाला निर्माणमा लापरवाही, वडा सदस्य भन्छन्, काम राम्रो भएको छ, यसको ग्यारेण्टी म लिन्छु !

नाला निर्माणमा लापरवाही, वडा सदस्य भन्छन्, काम राम्रो भएको छ, यसको ग्यारेण्टी म लिन्छु !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०७५
  • 23.4K
    Shares

पोखरा – पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित लामगादी देखि गगनगौडा जोड्ने सडक निर्माणको जिम्मा पाएको कम्पनीले  सडक निर्माण गर्ने क्रममा ढल निकासका लागि बनाइएको नालीमा चरम लापरवाही गरेको भन्दै लामगादिका स्थानीयले आरोप लगाएका छन् ।

नाला निर्माण गर्न आरम्भ देखिनै चरम लापरवाही गरी गुणस्तरहिन सामग्री प्रयोग गरिएको स्थानीयको तर्क छ ।  स्टिमेटमा नाला बनाउन सोलिंग गरेर ढलान गर्नुपर्ने भनीएपनि ठेगेदारले सोलिंग नगरी माटो बिछ्याईएको र त्यसैमाथि ढलान गरिएको पाएपछि स्थानीय जनताले निगरानी गर्दै उक्त्त काम मापदण्ड अनुसार गर्न आग्रह गरेका थिए ।  भने नाला बनाउदा माटो मिसिएको चोकर, बालुवा प्रयोगमा ल्याईएको समेत बताए ।

यस्तै स्थानीय जनताले सोहि गाउँका बासिन्दा तथा वडा सदस्यलाई उक्त कार्यको बारेमा जानकारी गराउँदा “उक्त कार्य राम्रोसंग भएको साथै सो कार्यको ग्यारेण्टी म लिन्छु” भन्ने तर्क आएको एक स्थानीयले जनसंचारलाई बताए ।

 

प्रतिक्रिया