प्रम ओलीलाइ्र्र कालो झण्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय महासचिव चापागाईंसहित बीस विद्यार्थी नेता गिरफ्तार 

प्रम ओलीलाइ्र्र कालो झण्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय महासचिव चापागाईंसहित बीस विद्यार्थी नेता गिरफ्तार 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ साउन २०७५
  • 21.2K
    Shares

पोखरा, ३ साउन २०७५ ।
गण्डकी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनका करीब १९ जना विद्यार्थी नेताहरुलाई प्रहरीेले गिरफ्तार गरेको छ ।
ग्रहरीको गिरफ्तारीमा पर्ने विद्यार्थी नेताहरुमा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा र केन्द्रीय सदस्यद्वय संगीत लामिछाने र नरेन्द्र विक रहेका छन् । त्यस्तै नेपाल बिध्यार्थी संघका केन्द्रिय सदस्यद्वय भानु ढकाल र पशुपति भट्टराइ लगायत १५ जना बिध्यार्थीहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ।  उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
प्रदेशसभामा सम्बोधन गर्न पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा प्रवेश गर्न लागेका प्रधानमन्त्री ओलीलाई उनीहरुले कालो झण्डा देखाएका थिए । गोबिन्द केसिको अनशनमा बामसरकारले गरेको धरपकडको बिरोधमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको बिद्यार्थी नेताहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया