डा. केसीको मुटुमा गम्भीर समस्या, तत्काल हेलिकप्टरमा काठमाण्डौ ल्याउने नेकपाको निर्णय

डा. केसीको मुटुमा गम्भीर समस्या, तत्काल हेलिकप्टरमा काठमाण्डौ ल्याउने नेकपाको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ साउन २०७५
  • 15.7K
    Shares

चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए। ‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्। श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।डा. केसीको अवस्था गम्भीर रहेको खबर शिक्षामन्त्री हुँदै नेकपाका नेताहरुसम्म पुगेपछि बालुवाटारमा आकस्मिक बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले डा. केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै भोलि नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको छ । साथै आफ्ना मुद्दा सम्बोधन नभएसम्म डा. केसीले अनसन नतोड्ने भएकाले उनका मागबारे खुला छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए l

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेन ।

कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया