जिप पल्टिँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

जिप पल्टिँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ साउन २०७५
  • 17.2K
    Shares

बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको ध १ ज १४९ नम्बरको जिप गलकोट नगरपालिका-९ रिघामा सडक छेउमा बुधबार बेलुकी साँढे ६ बजे पल्टिँदा १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

जिपमा सवार नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । गम्भिर घाईते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेेेका छन ।
अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक मनबहादुर विकले जानकारी दिए ।
घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए ।
अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ । अन्य घाईते निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेेउनी छन । उनिहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ
मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।

प्रतिक्रिया