गोरखामा पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा

गोरखामा पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०७५
  • 7.7K
    Shares

गोरखा–गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा उनीहरु बसेको कोठा पहिरोले पुरीदाँ तीनजनाको मुत्यु भएको हो ।

बुधबार बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको थियो ।

कुँवरकी भान्जी सरु पुजा निम्तो मान्न  मामाघर गएकी थिइन् ।

पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको  स्थानीयले बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थलतर्फ प्रहरी गइसेकेको जनाएको छ ।

लगातारको बर्षापछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ ।

लगातारको बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् ।

पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।

 

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।

राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् ।

पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ ।

घर भत्किँदा राति सुतिरहेका छजना घाइते भएका छन् ।

घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।

ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन ।

स्थानीयवासीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ ।

पर्वतमै खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो ।

कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो ।

खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए ।

बेनी—मालढुंगा सडक अवरुद्ध 

यसैबीच, कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ ।

त्यस्तै, सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ ।

ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए ।

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो ।

अहिले मिलनचोक प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेर सडक खुलाउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसाधन खनियाँघाटमा अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि एस्काभेटर र डोजर मगाएर पन्छाउने काम भइरहेको छ ।

खोलाले बगाउँदा वृद्धको मृत्यु

पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो ।

कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो ।

खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए ।

विकले मादकपदार्थ सेवन गरेर खोला तर्न पसेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भएपनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको हो ।

मृतक विकको शव परीक्षणका लागि रातिनै जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ । @ratopati

प्रतिक्रिया