टुडे खानेपानीको कम्पनीमा सिलबन्दी, कम्पनीका मेनेजर श्रेष्ठ पक्राउ

टुडे खानेपानीको कम्पनीमा सिलबन्दी, कम्पनीका मेनेजर श्रेष्ठ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ असार २०७५
  • 30.2K
    Shares

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा रहेको टुडे खानेपानीको कम्पनीमा सिलबन्दी गरेको छ । सो कम्पनीले उत्पादन गर्दै आएको टुडे पानीको जारमा कोलिफर्म भेटिए पछि प्रशासनले कम्पनीको जारकोा पानी उत्पादन युनिटमा सिलबन्दी गरेको हो ।

’असार २२ गते पोखरामा पानी उत्पादन गरी विक्रिवितरण गर्दै आएका ५ वटा कम्पनीको पानी परिक्षणका लागि प्रशासनले खानेपानी तथा सुपेरिबेक्षण पोखराको प्रयोगशालामा पठाएको थियो । परिक्षण गर्दा टुडे कम्पनीले उत्पादन गर्दै आएको जारको पानीमा कोलिफर्म भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए । कोलिफर्म दिसापिसाबमा हुने किटाणु हो । कोलिफर्मले झाडापखला लगायतका रोगहरु निम्त्याउँछ । टुडे कम्पनीले उत्पादन गर्दै आएको १ लिटरको मिनरल वाटरमा भने कुनै समस्या नरहेको प्रशासनले जानकारी दिएको छ ।

यसै बीच, स्वास्थ्यमा खेलवाड हुनेगरी टूडेज मिनरल खानेपानी उत्पादन गर्ने कम्पनी ‘सिएम् अक्वा वेभरेज प्रालि‘का मेनेजर कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ l

अक्वा वेभरेज प्रालि‘का मेनेजर कपिलकिरण श्रेष्ठले कम्पनीद्धारा उत्पादन भएको टुडेज् मिनरल वाटर मापदण्ड विपरित भएको बिषयमा भिडियो खिच्दै गर्दा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीमाथि दुरव्यवहार गर्नुकासाथै क्यामरा समेत तोडफोड गरेका थिए l पत्रकार अधिकारीमाथि आक्रमण भैरहंदा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थिती रहेको थियो l

 

प्रतिक्रिया