बेलायतको डाटा संरक्षण केन्द्रले क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकलाई ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय गरेको छ ।
क्याम्ब्रिज एनालिटिका कारण फेसबुक प्रयोगकर्ताको निजी सुचना चुहावटमा फेसबुकको पनि संलग्नता पाईएपछि जरिवाना लगाईएको बीबीसीले उल्लेख गरेको छ । यो फेसबुकमाथि अहिलेसम्मकै सवैभन्दा ठूलो जरिवाना रकम हो ।
बेलायती फर्म क्याम्ब्रिज एनालिटिकाविरुद्ध अपराधिक क्रियाकलाप अन्तर्गत कारबाही गरिने बेलायती नियामक निकायले उल्लेख गरको छ । युरोपियन युनियनसँगको सम्बन्ध विच्छेदका लागि भएको जनमत सङग्रहका क्रममा एनालिटिकाले फेसबुकबाट मतदाताको विवरण मागेको बताईएको छ ।
लेबर पार्टीले सो फर्मको प्रयोग गरेको पुष्टि गरेपनि के कस्ता डाटा उपलब्ध गराईएको थियो भन्ने चाही नखुलाईएको बीबीसीले जनाएको छ ।