घुसहित इन्जिनियर पक्राउ

घुसहित इन्जिनियर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असार २०७५
  • 9.8K
    Shares

काठमाडौं– जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजयकुमार ठाकुर घुस  सहित पक्राउ परेका छन् ।

विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चाच अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने प्रायोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले  उनलाई ४५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्राविधिक कार्यालयको कार्यालय परिसरबाटै पक्राउ परेका ठाकुरबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया