भ्रष्टाचार मुद्धामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान आफ्नै घरबाट भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले पक्राउ गरेको हो ।
उनीमाथि राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोप छ । हाल उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेको छ ।