अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेट नामको पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् । पत्रिकाको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
बीबीसीका अनुसार, प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो ।
संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन । आक्रमण गर्नुको कारण छिट्टै पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।