नवलपरासीमा आफ्नै महिला कर्मचारीलाई वलि दिने स्कुलका प्रिन्सिपलको प्रयास विफल , कडा कानूनी कारवाही गर्नुको सट्टा प्रहरीद्वारा मिलापत्र

नवलपरासीमा आफ्नै महिला कर्मचारीलाई वलि दिने स्कुलका प्रिन्सिपलको प्रयास विफल , कडा कानूनी कारवाही गर्नुको सट्टा प्रहरीद्वारा मिलापत्र


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ जेष्ठ २०७५
  • 61K
    Shares

बालकलाई बली दिएको घटना सेलाउन नपाउंदै नवलपरासीमा फेरी नवलपरासीमा अर्को मानव वली दिने प्रयास विफल भएको समाचार सार्वजनिक भएको छ l तर मानव वली दिने जस्तो जघन्य अपराधमा कानुन वमोजिम कडाभन्दा कडा कानूनी कारवाही गर्नुको सट्टा त्यहाँको प्रहरीले मिलापत्र गराएर आरोपीलाई छाडेको छ l

सुन पाइने प्रलोभनमा परेर नवलपरासीको प्रतापपुर गाउँपालिका-३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र शर्माले आफनै स्कुलमा कार्यरत फूलमती मुसहरलाई बली दिने प्रयास गरेको आरोप लागेको हो । धामी कृष्ण प्याकुरेलले विद्यालय परिसरभित्रै मानव हड्डी भेटिएको र मानव बली दिए सुन पाइने बताएपछी हेडमास्टर हरेन्द्रले आफनै स्कुलमा कार्यरत फूलमती मुसहरलाई बली दिने प्रयास गरेको स्थानीयको दाबी छ ।

गएको जेठ १८ गते शुक्रबार राति विद्यालय परिसरभित्रै रहेको टहरोमा ४ फिट गहिरो डेढ फिट लम्बाई र चौडाईको खाल्डो खनेर विशेष पूजा गरेका थिए । फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा आफुलाई लगिएकोमा पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार देखेपछि फूलमती भागेर छिमेकीको घरमा पुगेकी थिइन् । पीडित महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् ।

हेडमास्टर हरेन्द्रले भने लामो समयदेखि बिरामी रहेको आफ्नो श्रीमतीको पनि धामीले झारफुक गर्दा सञ्चो भएकाले फूलमतीलाई पनि ल्याएको दाबी गरेका छन् । तर, फूलमतीलाई यसबारे कुनै जानकारी थिएन । साथै, फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा लगेकालले घटना शंकास्पद भएको छ ।

स्थानीयले खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय, समेरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले जानकारी दिए ।

जेठ १९ गते स्थानीय बसेर झैझगडा भन्दै घटनालााई गाउँमा नै मिलाउने प्रयास गरे  । तर, घटनाबारे गाउँमा हल्ला फैलिएपछि हरेन्द्रले फुलकुमारीलाई यसका कारण विद्यालयमा असर पुगे ठीक नहुने भन्दै धम्याए । यसबारे फुलमतीले सोमबार ईलाका प्रहरी कार्यालय, सेमरीमा निवेदन समेत दिएकी छन् ।

तर, प्रहरीले पनि घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गरेर पठाएको छ । स्थानीय भद्रभलाद्मीको रोहवतमा दुबै पक्षलाई बोलाएर आपसी झैझगडा नगर्ने र कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने सहमति जुटाइएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन् । ‘मैले खबर पाउने वित्तिकै तत्काल प्रहरीलाई सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिइसकेको छु’, प्रजिअ लामिछानेले अनलाइनखबरसँग भने, ‘जहाँसम्म मानव बलीको कुरा छ, त्यसो भएको हो भने त्यो एकदमभ गम्भीर र आपत्तिजनक कुरा हो ।’

प्रतिक्रिया