गाउँपालिका अध्यक्षले मनोमानी गरेको भन्दै जनप्रतिनिधिद्वारा कार्यक्रम बहिष्कार

गाउँपालिका अध्यक्षले मनोमानी गरेको भन्दै जनप्रतिनिधिद्वारा कार्यक्रम बहिष्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ जेष्ठ २०७५
  • 11.1K
    Shares

नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले मनोमानी गरेको भन्दै गाउँपालिकाका जनप्रतिनिधिले जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेका छन् । अध्यक्ष शर्माले योजना सञ्चालन वापत कमिसन माग्ने गरेको भन्दै उनीहरुले कार्यक्रम बहिष्कार गरेका हुन् ।

शुक्रबार जिल्ला समन्वय समितिले जनप्रतिनिधिहरुका लागि ‘योजना तथा बजेट तर्जुमा’ विषयक दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो । २ जना वडा अध्यक्ष बाहेक उपाध्यक्ष अन्जुकुमारी चौधरीसहित बाँकी जनप्रतिनिधिले प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका हुन् ।

बहिष्कारमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी,प्रतापपुर गाउँपालिका वार्ड न १ अध्यक्ष मान बाहादुर चौधरी,वार्ड न ३ का वडा अध्यक्ष दिवाकर प्रसाद थारु,वार्ड न ४ का वडा अध्यक्ष जयन्त्री प्रसाद बडई,वार्ड न ५ का वडा अध्यक्ष त्रिभुवन सिंह,वार्ड न ६ का वडा अध्यक्ष राम हरि उपाध्याय,वार्ड न ७ का वडा अध्यक्ष हरेन्द्र यादव,वार्ड न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियार रहनु भएको छ । भने गाउँ कार्यपालिका सदस्य संगीता हरिजन,संगीता धोबी,बन्धु प्रसाद बडई,कल्पना चौधरी,सैदुन नेशा र हरिलाल लोहार गरि ६ जना रहेका छ्न ।

उपाध्यक्ष चौधरीले पटकपटक अध्यक्षका कृयाकलापविरुद्ध बैठकमा विरोध गर्दासमेत उनी नसच्चिएकाले बैठक बहिष्कार गर्नुपरेको बताइन् । प्रतापपुर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष र गाउँपालिकाको कर्मचारीहरुले वडा अध्यक्ष र गाउँ कार्यपालिकाको सदस्यहरुलाई नटेरेको र गाउँपालिका र वडाबाट संचालन भएको योजनाहरुको पनि गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले वडा अध्यक्षहरुलाई जानकारी नदिने र वडाको सिफारिस बिना योजनाहरुको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य गरि रहेको हुदा गाउँपालिकाबाट संचालन हुने  कार्यहरु लाई बहिष्कार गरेको र जबसम्म गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा र गाउँपालिकाको कर्मचारीहरुको यस्तो हरकत अन्त्य नहुदा सम्म आफुहरु गाउँपालिकाको गतिविधिलाई बहिष्कार गरिरहने बताईन । ‘उहाँका कृयाकलापविरुद्ध बैठकमै कुरा राखियो, पटकपटक सच्चिन आग्रह गरियो तर उहाँले नमानेपछि हामी प्रशिक्षण कार्यक्रम बहिष्कार गर्न बाध्य भयौँ’, उनले भनिन् । अध्यक्ष शर्माले भने उपभोक्ता समितिसँग वडाध्यक्षहरुले कमिसन माग्न थालेको र कमिसन नदिएपछि अहिले वडाध्यक्षहरु गाउँपालिकासँग ५ प्रतिशत कमिसन माग्न आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया