किशोरीको बलात्कारपछि जलाएर हत्या

किशोरीको बलात्कारपछि जलाएर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ बैशाख २०७५
  • 8.8K
    Shares

भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ। मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा मट्टितेल छर्केर जलाइएको हो।

प्रहरीका अनुसार किशोरीले बलात्कारबारे आफन्तहरूलाई बताइदिने भनेपछि उनको हत्या गरिएको थियो।  प्रहरी अधिकारी कमल ठाकुरले स्थानीय पत्रकार शुरेह नियाजीलाई भने, “घटना भएको बेला पीडित किशोरीको परिवारका सदस्य घरमा थिएनन्। आरोपितलाई पक्राउ गरिएको छ र सोधपुछ भइरहेको छ।”

झारखण्ड राज्यमा सोही प्रकृतिका दुईवटा घटना यसै हप्ता  भएका थिए। एक युवतीको मृत्यु भएको थियो भने अर्को घाइते भएकी थिइन्।

हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ। त्यसपश्चात् भएका व्यापक विरोध प्रदर्शनहरूपछि भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाको उजुरी नै नपर्ने ठानिन्छ। बीबीसीका सौतिक विश्वास लेख्छन्, शक्ति प्रदर्शन र कमजोर वर्गलाई तर्साउन भारतमा बलात्कारलाई अस्त्रको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ।

प्रतिक्रिया