नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ५ जना नेताहरुलाई अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाट नै गएराती राति पौने १० बजे गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम, सेक्रेटरी नवराज भट्टराई र तेहथुमको सेक्रटरी कमला लिम्बुलाई जिल्ला अदालत उदयपुरले आज सामान्य धरौटिमा रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
गत चैत ५ गते राती धनकुटाको हिलेमा पार्टीको बैठक बसिरहेका बखत गिरफ्तारीमा परेका उनीहरुलाई धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडेपनि पुन: गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको थियो ।
राई सहित पाँचै जना नेताहरुलाई मोरङ्ग लैजाने तयारी गरेको छ । उनीहरुसँगै गिरफ्तार गरिएका राजकुमार दंगाल र दिब्यराज बराललाई भने प्रहरीले संङखुवासभा लगेको छ ।
उदयपुर जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएपनि स्थानीय प्रशासनले फेरी गिरफ्तार गर्न अदालत परिसरमा ब्यापक मात्रामा प्रहरी परिचालन गरेपछि नेकपाका सात जना नेता तथा कार्यकर्ताहरु नेपाल बार एसोसिएसन उदयपुरको संरक्षणमा बार परिसरमा रहेका थिए ।
नेपाल बार एसोसिएशन उदयपुरको संरक्षणमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरण राई, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामी रहेका थिए l
नेपाल कम्युनिस्ट पार्टीको चुनाव वहिस्कारको सन्दर्भलाई लिएर गत मंसिर १२ गते नेपाली कांग्रेसका नेता हिमाल कार्कीको गोठमा बम विस्फोट गराएको विषयलाई लिएर नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरणलाई, दिव्यराज वराल, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, राजकुमारी लङ्गाल, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामीलाई गिरफ्तार गरेको थियो ।
तर आज बम विस्फोट मुद्दामा धुनछेक सम्बन्धि सुनुवाइ हुँदा दिव्यराज बराल र राजकुमार दङ्गाललाई संखुवासभामा अर्को मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो भनें अन्य ७ जनालाई जनही १० हजार धरौटी राख्ने आदेश दिएपनि प्रहरीले समात्ने तयारी गरेको थियो ।
उनीहरुको मुद्दामा बरिष्ठ अधिवक्ता एवं पूर्व सभासद् एकाराज भण्डारी, अधिवक्ताहरु क्रमशः नारायणप्रसाद तिवारी, इन्द्रबहादुर तामा, वैकुण्ठ दाहाल, श्यामानन्द चौधरी सोमनाथ ढुंगाना र दीपेन्द्रदेव पाण्डेले बहस गर्नु भएको थियो ।
धनकुटाको जिल्ला प्रशासनले समान्य धलौटिमा छोडेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएको थियो l त्यसपछी उनीहरुलाई फेरी गिरफ्तार गरेर उदरपुर पुर्याइएको थियो । पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई उनीहरु पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट गिरफ्तारीमा परेका थिए ।