पानी नै नभएको खोलामा करोडाँ खर्च गरेर सिँचाईको ड्याम निर्माण

पानी नै नभएको खोलामा करोडाँ खर्च गरेर सिँचाईको ड्याम निर्माण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ बैशाख २०७५
  • 13.5K
    Shares

अनिल पोखरेल, सप्तरी ।

दिर्घकालीन पानीको स्रोत नै नभएको खोलामा सिचाइको हेड ड्याम निर्माण कार्यमा लगानी गरेर करोडौको बजेट दुरुपयोग भएको छ । वर्षा याममामात्रै प्रयाप्त पानी हुने सप्तरीको रुपनी गाउँपालिका स्थीत दुधैला खोलामा उक्त ड्यामको निर्माण गर्न सिंचाई डिभिजन कार्यालय सप्तरीले करोडौँ रुपयाँको दुरूपयोग गरेको स्थानीयको आरोप छ । करोडाँै खर्च गरेर भौतिक संरचनाहरु निर्माण भएपनी पानीको स्थायी श्रोत नहुदा ब्यर्थको बजेट मात्र खर्च हुने निश्चित रहेको नेपाली काँग्रेस रुपनी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष प्रमानन्द चौधरीले वताए ।

दुधैला खोलामा सेक्टर प्लानका निम्ती हेड ड्याम निर्माण गर्न आएको बजेटलाई जसरी भएपनी तह लगाउने नियतले सिंचाई डिभिजन कार्यालय सप्तरी देखी जनप्रतिनिधीहरु समेत लागी परेको चौधरीले आरोप लगाएका छन । रुपनी गाउँपालिका वडा नम्वर ६ का स्थानीय पुर्ब प्रोफेसर बशन्त बिश्वकर्माले योजना संचालनमा ल्याउनु खुशीको कुरा भएपनि योजनाले सिमित केही ब्यक्तीहरु मोटाउने बाहेक खासै उपलब्धी नहुने बताए ।
सिंचाई डिभिजनका कर्मचारी, उपभोक्ता समिति, ठेगेदार र यससंग संग्लग्न ब्यक्तीहरु बाहेक यस योजनावाट आम जनताले लाभ लिन नसक्ने उनले आरोप लगाए । साबिक तेरहौता गाबिसका उपाध्यक्ष बद्री सरदारले २०५४ सालमा १ करोड बजेट खर्च गरेर वनेको संरचना असफल सावित भई सकेको जानकारी दिदै बर्षेनी पटक—पटक सोही योजना वजेट लगानी गर्नु भनेको वालुवामा पानी हाले सरह हुने बताए । मोटो रकम देखेर आर्थिक प्रलोभनमा नियम विपरित वडा अध्यक्ष गोविन्द सिंह थापा आफै उक्त योजनाको उपभोक्ता समितीको अध्यक्ष वनेको वताउदै लक्षित क्षेत्रमा वजेट खर्च हुनेमा उनले शंका ब्यक्त गरे । दुधेला खोला सिंचाई योजना जल उपभोक्ता संस्था तेरहौता सितापुरका अध्यक्ष समेत रहेको रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष थापाले आफु बिगत देखी नै उक्त योजनाको अध्यक्ष रहेको बताए ।

पछिलो पटक समेत उपभोक्त समिती निर्माण गर्ने क्रममा आफुलाई नै आम जनताले समर्थन गरेकोले वाध्य हुनुपरेको वडा अध्यक्ष थापाको कथन छ । यसवारे सिंचाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ईन्जिनियर राम कुमार खंगले योजनाले वहुसङ्ख्यक किसानहरुले सिंचाईको सुविधा पाउने दावी गरे । खोलामा पानीको श्रोत नभएको भन्ने कुरा निराधार रहेको वताउदै उनले माथी लगाएका आरोपहरुमा सत्यता नरहेको प्रतिक्रिया जनाए ।
यस अघि समेत सिंचाई जलउपभोक्ता संस्था र सिंचाई डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा पानी नै नआउने कुलो खनेको भन्दै स्थानियवासीद्धारा व्यापक आलोजना गरेको समाचार सार्वाजानिक भएको थियो । यस सिंचाई योजनामा २०५४ सालमा १ करोड लगानी भएका छन सथै वर्षेनी विभिन्न वाहानामा लाखौ खर्च हुने गरेका छ भने चालु आबमा समेत ६० लाख भन्दा वढी रकम खर्च भई सकेको छ भने अझै काम सुचारु अवस्थामा रहेका छन । साभार : अन्नपुर्णटिभी डट कम 

प्रतिक्रिया