अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीद्वारा निर्मम शारिरीक याताना दिएको खुलेको छ । शुक्रबार बस्नेतको आफन्त भेट्न जादा हात भाचिएको अवस्थामा देखिएपछि बस्नेतलाई प्रहरीद्वारा निर्मम शारिरीक याताना दिएको खुलेको हो ।
पारिवारिक स्रोतका अनुसार, बस्नेतलाई वैशाख ८ गते सिन्धुलीको हरीहरपुरगडी गाउँपालिका ६ स्थित कौडाडाँडाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैबीच बस्नेतसहित २ जनालाई प्रहरीले गैर न्यायीक ढंगबाट गिरफ्तार गरेको भन्दै नेकपा सिन्धुलीले आपत्ति जनाउँदै बिना सर्त रिहाइको माग समेत गर्दै आएको छ ।