मोदीको नेपाल भ्रमणमा गृहलाई पर्यो सकस, चौतर्फी बिरोध हुदैँ

मोदीको नेपाल भ्रमणमा गृहलाई पर्यो सकस, चौतर्फी बिरोध हुदैँ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ बैशाख २०७५
  • 15.1K
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएको खबर छ । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ ।

‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री रामबहादुर थापाले जनाई सकेका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मोदीको सुरक्षामा कुनै पनि कमजोरी नहुने उनले बताएका छन् । तर, गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको भनाइ छ । मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइने बताइएको छ  ।

यस्तै मोदीको नेपाल भ्रमण दिन आउन अझै ६ दिन बाँकी छ । उनको भ्रमण बिषयलाई लिएर देश बिदेशमा तिब्र बिरोध भैरहेको छ । मोदी नेपाल आउने तयारी भइरहेको बेला युवाहरु सामाजिक संजालमा चर्को बिरोधमा उत्रिएका छन् ।

ग्रेटर नेपालले पनि मोदीको नेपाल भ्रमणलाइ बिरोध जनाएको छ । मोदी पशु हो यसलाई सम्मान होइन घाँस हाल्नु पर्छ भन्दै तिब्र बिरोध र्याली गरेको छ । देशको सीमाक्षेत्रको भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी हुन भन्दै फणिन्द्र नेपालले कडा चेतावनी दिएका छन्।

विप्लब माओबादीले मोदीको भ्रमणलाइ राष्ट्रघात भन्दै बिज्ञप्ति मार्फत बिरोध जनाएको छ । बैद्य माओबादीले पनि मोदीलाई कालोमोसो दल्ने भन्दै सिपि गजुरेलले दिएको अभिव्यक्ति चर्चामा रहेको छ ।

प्रतिक्रिया