नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता एबम पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फका समानुपातिक सभासद् बाबुलाल पासवान ‘महावीर’ लगायत चार जना नेता तथा कार्यकर्तालाई मोरंग प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ l
प्रहरीले महावीरलाई विराटाटनगरबाट मोटरसाइकिलसहित गिरफ्तार गरेक थियो भने योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तान फुंलिङबजारबाट गिरफ्तारीमा परेका थिए । नेपाल शिक्षक संगठनका उदयपुर अध्यक्ष युवराज कार्कीलाई गाइघाटबाट गिरफ्तार परेका छन् ।
नेता पासवान बिराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट गराएको घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको छ। पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार बूढीगंगा गाउँपालिकाको निमुवाबाट पक्राउ गरेको हो । ६४ वर्षीय पासवान पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् भएका थिए ।
बम विस्फोटमा संलग्न भएको भने उनी हुन् वा हैनन् भन्ने केही खुलेको छैन । प्रहरीले अहिले अनुसन्धानमा राखेको छ । विराटनगर–१३ मा रहेको कार्यालयलाई लक्षित गरी सोमबार राति बम विस्फोट भएको थियो ।
प्रहरीले घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार बन्दको आह्वान गरेकोले उनकै कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने स्थानीय प्रशासनको भनाई छ ।