गणतन्त्र आएपछि सुख र सुबिधा पाउने आशा गरिरहेका नेपाली जनता अहिले स्थानीय तहबाट हुने चर्को राजस्व असुलीबाट वाक्क बनेका छन् भने संघ र स्थानीय तहका बीच अधिकारका लागि अन्तरसंघर्ष चलिरहेकै छ l त्यसमा पनि विभिन्न स्थानीय तहका जनापरतिनिधिहरुलाई विभिन्न संघ-संस्थाहरुले नटेर्ने गरेको गुनासाहरु आउन थालेका छन् l
जनमत पाएर बिजयी भएका जनप्रतिनिधिहरुलाई नटेरेपछी स्थानीय तहका जनप्रतिनिधि र विभिन्न आयोजना तथा संघ-संस्थाहरुबीच खिचातानी शुरु भएको छ l यस्तै खिचातानी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापसफ बीच चलिरहेको छ l
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले जनताले संरक्षण गरेका सम्पत्ति प्रयोग गर्दा पनि अनेक बाधा झिकेर एक्यापले दुख दिने गरेको आरोप लगाउन्छन् । उनी प्रश्न गर्छन ‘ हामीले हाम्रै निम्ती हामीले नै हुर्काएको रुख, हामीले संरक्षण गरेको श्रोत साधन हामीले प्रयोग गर्न पाउँदैनौं भने त्यसको के काम ?’
पर्यावरण नविग्रिने गरी प्राकृतिक श्रोत चलाउन पाउने हामीलाई संविधानले अधिकार दिएको छ, उनले भने–जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ ।’ गाउँपालिकाले आयोजना गरेको चालू बर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय जनताले विरेठाँटीमा एक्यापका कारण जनताले दुख पाएको गुनासो गरेपछि कुवँरले जनताको हित विपरित काम गरे एक्यापको कार्यालयमा तालाबन्दी गरेर बन्द गरिदिने चेतावनी दिए।
विरेठाँटीका स्थानीय टेकबहादुर गुरुङले आफ्नै जग्गाको काठ अर्को वडामा चिर्न लैजाँदा एक्यापले रोक्ने र जरिवाना तिराएको गुनासो गरेका थिए ।